१७ आश्विन २०८०, बुधबार

जागृत मानव



बुद्धलाई कसैले आएर सोध्यो– के तपाई भगवान् हुनुहुन्छ ?
बुद्धले भने– अहँ, होइन ।
के तपाई देवदूत हुनुहुन्छ ?
बुद्धले फेरि भने– अहँ, होइन ।
उसले फेरि सोध्यो– के तपाई ईश्वर पुत्र हुनुहुन्छ ?
बुद्धले फेरि भने– अहँ, होइन ।
उसले प्रश्न गर्दै गयो– के तपाईँ अवतार हुनुहुन्छ ?
बुद्धले पुनः टाउको हल्लाउदै दोहोर्याए– बिल्कुल होइन ।
अन्त्यमा उसले सोध्यो– तपाई को हुनुहुन्छ त ?
बुद्धले मुस्कुराउदै भने– म जागृत मानव हुँ ।

वास्तवमा दुनियाँभरका मानिसहरू बुद्ध नै हुन् । फरक यतिमात्र छ, तपाईं सुतिरहेको बुद्ध र बुद्ध उठिसकेको मान्छे । दुनियाँका सबै आइन्स्टाइन, मार्क्स, प्रिस्ले, शेक्सपियर, माइकल ज्याक्सन, पेले आदि आदि–फरक यत्ति कि उनीहरू उठिसकेको र तपाईंहरू सुतिरहेको । र, जब तपाई जाग्नुहुन्छ तब तपाई पनि बुद्ध तपाई पनि आइन्स्टाइन… ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको