१६ श्रावण २०७८, शनिबार

माओवादी र माधव नेपाल निकट विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा



८ जेष्ठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेका छन् ।

आज माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङ र नेकपा एमालेका वरिष्ठ नेता नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

विद्यार्थी संगठनहरूले विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजनिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायतका कार्यक्रम छन्।

विज्ञप्तिको पूर्णपाठ:


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु