खनाल–नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
८ जेठ, काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले विपक्षी दललाई सरकारमा पुर्याउन हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रतिपक्ष दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा खनाल–नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु गरी ११ जनालाई पर्सि विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ । उनले कस्तो स्पष्टीकरण आउँछ, त्यसमा आधारित भएर पार्टीले थप निर्णय उनले बताए ।