२० श्रावण २०७८, बुधबार

शनिबार ८९८० जनामा कोरोना पुष्टि, ८८४८ सङ्क्रमण मुक्त



८ जेष्ठ, काठमाडौं । गएको २४ घण्टामा देशभर थप ८ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ५९१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको जनाएको छ । ३८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

आज देशका विभिन्न अस्पताल र होम आइसोलेशनमा उपचाररत ८ हजार ८ सय ४८ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको छ । हालसम्म कोरोनाबाट निको हुनेको दर ७५ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु