१४ मंसिर २०७८, मंगलवार

समाजवादी बाटोमा आसेपासेहरूको पुँजीवाद


नन्दबहादुर बिष्ट
८ जेष्ठ २०७८, शनिबार

सन् १८१८ मा जर्मनमा जन्मिएका कार्ल माक्र्सले मानव समाजको विकासक्रममा आउने विभिन्न घटना तथा चरणहरूका बारेमा पुँजीवादलाई नियालेका थिए । खासगरी उनले त्यतिबेलाको परिवेशमा पुँजिवादी व्यवस्था र पुँजीपतिहरूको विरोध गर्दै विश्वमा नै समाजवादको स्थापना हुने कुराको कल्पना गरेका थिए । उनको परिकल्पना थियो पुँजीवाद आफै विभिन्न आन्तरिक विवादका कारणले अन्त्य हुन्छ र समाजवाद आउँछ । यो एउटा ऐतिहासिक व्याख्या एवम् विश्लेषण आजपनि समाजवादका अध्यताहरू बीचमा निकै प्रख्यात छ ।

पुँजीवादसम्बन्धी भएका विभिन्न बौद्धिक छलफलहरूमा पुँजीवादका बारेमा गरिएका यी पूर्वाग्रहले आलोचकहरूको सिमित उद्देश्यलाई मात्र पुर्ति गर्न सक्दछ । यो भन्दापनि अझ खतरा त के हुन सक्दछ भने वास्तविक तथ्यहरूलाई बाङ्गोटिङ्गो बनाएर आफ्नो अनुकुलमा सिद्धान्तलाई व्याख्या गर्न खोजिन्छ । पूँजिवादको वास्तविक अवधारणसँग कुनै पनि सम्बन्ध नभएका कतिपय अर्थिक व्यवस्थालाई पुँजीवाद भन्ने पनि गरिन्छ । त्यसैले व्यवसायिक पँुजीवादभन्दा पनि राजनीतिक आसेपासेहरूबाट सिर्जित गरिएका समस्याहरूले नेपाली समाजमा नयाँ पुँजीवाद तथा आसेपासेहरूको पुँजीवादले गिजोलीरहेको छ ।

कुनैपनि चिजका बारेमा व्याख्या एवम् विश्लेषण गर्नु पूर्व ती चिजहरू अस्तित्वमा नआइकन इतिहास नै लेख्नु अप्ठ्यारो परिस्थिति हो । जव समाजवादको कार्यान्वयनका बारेमा छलफल र बहस गरिन्छ तब इतिहासका ती रङ्गिन पानाहरूमा तानाशाही, आमनरसंहार, भोकमरी विनास जस्ता विभिन्न अभावका दागहरू देखिन्छन । जसको कारक तत्वको रूपमा यीनै आसेपासे पुँजीवादीहरूकै कारणबाट यस्ता समस्याहरू सिर्जना भएका हुन्छन् । तर यसका बारेमा कहिले पनि बहस र छलफल गरिदैन ।

वास्तविक पुँजीवादले समाजवादको ढोका उघारिदिन्छ तर व्यापक रूपमा फैलिएको सम्पत्ति मोह, निजी स्वार्थमा रुमलिएको आजको मानव समाजले गर्दा समाजवाद कालान्तरसम्म पनि आसेपासेहरूकै पुँजीवाद भित्र गुमराहमा रहिरहने छ । पुँजीवादीहरू माथि यस्तै खालका आसेपासे पुँजीपतिहरूबाट भएका खराब नियत र नतिजाको सवै दोष थुपारिन्छ ।

वास्तविक पुँजीवादले समाजवादको ढोका उघारिदिन्छ तर व्यापक रूपमा फैलिएको सम्पत्ति मोह, निजी स्वार्थमा रुमलिएको आजको मानव समाजले गर्दा समाजवाद कालान्तरसम्म पनि आसेपासेहरूकै पँुजिवाद भित्र गुमराहमा रहिरहने छ । आर्दश र सिद्धान्तपरक केहि एकाध मान्छेहरूले सधै समाजवादको रटान दिइरहने छन र समाजवाद दलाल पुँजीवाद अर्थात् आसेपासेहरूकै पूँजीवादको कब्जामा रहिरहने छ । समाजवादलाई जहिले पनि एउटा सकारात्मक उद्देश्यका साथ राम्रो नतिजा दिने फलको रूपमा हेरिन्छ । समाजवदी आदर्शवादीहरूले जहिले पनि पुँजीवादी यथार्थलाई समाजवादको आदर्शसँग तुलना गरेका हुन्छन् । जसले पुँजीवादीहरू माथि यस्तै खालका आसेपासे पुँजीपतिहरूबाट भएका खराब नियत र नतिजाको सवै दोष थुपारिन्छ । जब सिद्धान्तलाई नतिजासँग तुलना गरिन्छ त्यहाँ विग्रह पैदा हुन्छ र समाज उल्टो गतिमा अगाडि बढ्छ ।

समाजवादका आदर्शवादीहरूले यस्तै अरु पनि विभिन्न खालका भ्रमहरू फैलाएका छन । पुँजीमाथि केहि मुठ्ठी भरका मानिसको कब्जामा रहेको छ भन्नु विल्कुलै गलत हो किनभने हामी सबै कुनै न कुनै चिजको धेरै वा थोरै मात्रामा भएपनि पुँजीका मालिक छौ । आजको परिस्थितिमा पुँजीवाद भनेकै ज्याला मजदुरहरूको प्रयोग गरेर बढिभन्दा बढि उत्पादन गरी नाफा कमाउनु हो भन्दा गलत हुन्छ । किनकी हिजो र आजको पुँजीवाद र ज्याला मजदुरी फरक रहेको छ । बरु पुँजीवादमा राजनीतिक हस्तक्षेपले पक्षपोषण गरेको पाइन्छ । यहि यथार्थलाई नतिजासँग तुलना गर्न सक्नु पर्दछ ।

कतिपय समाजवादका आदर्शवादीहरूलाई पुँजीवादी व्यवस्थाबाट मात्र समाजवादको गन्तब्यमा पुग्न सकिन्छ भन्दा उनीहरूका लागि मजाकको विषय बन्दछ । आजको समयमा पुँजीवाद भनेको आफू र आफुसँग भएको पुँजीको सदुपयोग र परिचालन गर्ने परिपाटी नै जीवनचक्र हो । कुनै पनि मानिसले आफ्नो जीवनशैलीलाई व्यतितगर्नका लागि ऊसँग भएको स्रोत साधनको सहि सदुपायोग गरी सुन्दर जीवन निर्वाहको परिकल्पना बुनेको हुन्छ । कुनैपनि पुँजीगत वस्तुले हामीभित्र रहेको क्षमता र दक्षतालाई सफल बनाउनका लागि निकै ठुलो मद्दत पुग्दछ ।

पैसालाई मात्र नाफाको रुपमा हेरिनु पनि गलत हो । यदि कुनै किसानले आफ्नो बारीमा एक माना धानको बिऊ रोपेर एक मुरी अन्न उत्पादन गर्यो भने यसलाई पुँजीपती भन्ने कि समाजवादी भन्ने ? त्यसैले समाजवाद र पुँजीवादभित्रको बास्तविक विवाद यहि मात्र हो । समाजवादमा पुग्ने गन्तव्यको बाटोमा पुँजीवाद पनि पर्दछ भन्ने कुराको ख्याल नगर्नु नै ठुलो भुल हो ।

समाजमा मानिसहरू यत्रतत्र रुपमा विभिन्न रुपरंग लिएर बसेका हुन्छन । हिजोको जस्तो मानव समाज आज पाउन सकिँदैन । हिजोको मानव समाज एउटा सामाजिक सेवामा समर्पित समाज थियो तर आजको मानव समाज निजी स्वर्थमा लिप्त भएको समाज हो । यसको सबै परिणामका पछाडीको कारक तत्वको रुपमा पुँजी नै रहेको हुन्छ । समाजवादीहरूका नजरमा पुँजीवाद भनेको केहि ब्यक्तिहरूको नाफाका लागि मात्र हो भनेर खण्डन गरेको पाउन सकिन्छ र नाफालाई खराब दृष्टिकोणबाट मात्र हेने परिपाटी बनेको छ । यी दुवै खालका प्रवृत्ति गलत हुन् । नाफा भनेकै कुनै पनि चिज वस्तुको लागत मुल्यभन्दा सो वस्तु विक्रीबाट प्राप्तमुल्य बढि हुनु हो । यसमा समाजवाद तथा सम्यवादीहरूले पैसालाई मात्र नाफाको रुपमा हेर्दछन । यसरी पैसालाई मात्र नाफाको रुपमा हेरिनु पनि गलत हो । यदि कुनै किसानले आप्mनो बारीमा एक माना धानको बिऊ रोपेर एक मुरी अन्न उत्पादन गर्यो भने यसलाई पुँजीपती भन्ने कि समाजवादी भन्ने ? त्यसैले समाजवाद र पँुजीवादभित्रको बास्तविक विवाद यहि मात्र हो । समाजवादमा पुग्ने गन्तव्यको बाटोमा पुँजीवाद पनि पर्दछ भन्ने कुराको ख्याल नगर्नु नै ठुलो भुल हो । आजको नेपालमा जुन खालको पुँजीवाद फस्टाइरहेको छ त्यो आसेपासे पुँजीवाद हो र नितान्त राजनीतिसँग जोडिएको छ । नेपाललगायत केहि मुलुकहरूमा फस्टाइरहेको आसेपासे पुँजीवादी सिद्धान्तले समाजका केहि सोझासाझा निमुखा जनताहरूलाई लुट्नका लागि आसेपासे पँुजीपति र राजनीतिकर्मी बीचमा पुँजीवादको बर्खिला पहुने गरि गठबन्धन हुने गर्दछ । जसले गर्दा यस्ता राजनीतिकर्मीहरूबाट राज्यशक्तिको चरम दुरुपयोग हुन्छन् र कर्मचारी तथा प्रशासकहरू यसको मुकदर्शक बन्दछन । किनकी राज्यसत्ता चलाउने कर्मचारी तन्त्रभन्दा पनि आसेपासे पुँजीपतिहरूले आपूm अनुकुल राज्यसत्तानिर्माण गर्नकालागि राजनीतिकर्मीहरू माथि दबाव दिइरहन्छन । यस्तो गठबन्धनलाई वास्तविक पुँजीवादले कहिले पनि स्वीकार्दैन ।

पुँजीवादको वास्तविक सम्बन्ध मानिसका हरेक क्रियाकलापहरूसँग जोडिएको हुन्छ । मानिसले आफू र आप्mनो सम्पत्तिमाथि निकै ठूलो लागनी रहन्छ । मानिस स्वतन्त्र रूपमा बाँच्न पाउने रमाउन पाउने सुख र शान्तीसँग बस्न पाउने आफू र आप्mनो परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने जस्ता कुराहरू पुँजीवादका सामान्य जग हुन् । जसको विकाससँगै विस्तारै मानिसले असहजपरिस्थितिबाट सहज ढंगकोजीवनयापनमाप्रवेसगर्दछ । जब मानिसका हरेक समस्याहरू सहज ढंगले आफु अनुकुल समाधान हुँदै जान्छन र जीवनमा सुख शान्ती प्राप्त गर्दै जान्छ भने त्यहाँ पुँजीवादी समाजवादको सुरुवात हुन्छ । जव समाज मामानिसका दैनिक जीवनका यी कुराहरूमा बाधा उत्पन्न हुँदै जान्छन् त्यहा राजनीतिकर्मीका आसेपासेहरूबाट अवरोध उत्पन्न हुन्छ र समाजवादको तगारोको रुपमा आसेपासे पुँजीवादीहरूको हावी रहन्छ ।

नेपाललगायत विश्वका अधिकांश मुलुकहरूमा निम्न वर्ग तथा मध्यम वर्गका मानिसहरूमाथि कर लगाइन्छ र करको कडा नियमन गरिन्छ । तर यस्तो अवस्थामा आसेपासे तथा ठूला व्यावसायीहरूले राजनीतिकर्मीहरूकै दयादृष्टि र कृपाबाट यस्ता करहरूबाट उन्मुक्ति पाउँछन । यसबाट प्राप्त आर्थिक लाभ तथा फाइदा केहि थोरै प्रतिशत मात्र तिनैै राजनीतिकर्मीको सेवा चाकडीमा खर्च गर्दछन । नेपाली समाजमा मौलाउदै गएको वास्तविक पुँजीवादी समाजवाद यहि नै हो ।

हिजोआज प्रचलनमा रहेको पुँजीवादलाई पक्षपोषण गर्न गाह्रो छ । किनकी नेपाललगायत विश्वका अधिकांश मुलुकहरूमा निम्न वर्ग तथा मध्यम वर्गका मानिसहरूमाथि कर लगाइन्छ र करको कडा नियमन गरिन्छ । तर यस्तो अवस्थामा आसेपासे तथा ठूला व्यावसायीहरूले राजनीतिकर्मीहरूकै दयादृष्टि र कृपाबाट यस्ता करहरूबाट उन्मुक्ति पाउँछन । यसबाट प्राप्त आर्थिक लाभ तथा फाइदा केहि थोरै प्रतिशत मात्र तिनैै राजनीतिकर्मीको सेवा चाकडीमा खर्च गर्दछन । नेपाली समाजमा मौलाउदै गएको वास्तविक पुँजीवादी समाजवाद यहि नै हो । त्यसैले आजको नेपाली समाजमा उत्पन्न भएको तथा विकास भएको पुँजीवाद बास्तविक पुँजीवाद होइन । यो त आसेपासे पुँजीवाद पो हो त । जसले गर्दा पुँजीवादको चरम सिमालाई पार गर्दै समाजवादी गन्तब्यमा पुग्नका लागि आसेपासे पुँजीवाद तगारो बनेको छ ।

नेकपा (एमाले) कर्णाली प्रदेश काठमाडौं सम्पर्क कमिटी सदस्य


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको