२० मंसिर २०७८, सोमबार

चीनले गर्यो ठूलो घोषणाः कोभिड महामारीसँग भिड्न अमेरिका र चीनबीच प्रतिष्पर्धा



८ जेष्ठ, काठमाडौं । चीनले जी–२० को ग्लोवल हेल्थ समिटमा विकासशील देशहरूलाई कोभिड प्रतिकार्य र आर्थिक सामाजिक पुनरुत्थानका लागि ३ विलियन अमेरिकी डलरको सहयोग प्याकेज घोषणा गरेको छ । चिनियाँ राष्ट्रपति सि जिङपिङले युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भनडोर र इटालियन प्रधानमन्त्री मारियो ड्रागीसँग हिजो भएको भर्चुअल बैठकमा यो घोषणा गरेका हुन् ।

व्यापार, अन्तर्राष्ट्रिय कुटनीति र सामरिक मामलामा चर्काे प्रतिष्पर्धामा रहेका अमेरिका र चीनबीच कोभिड अन्तर्राष्ट्रिय सहयोगका लागि पनि प्रतिप्रष्र्धा देखिएको छ । गत वर्ष मे मा चिनियाँ राष्ट्रपति सि ले २ विलियन अमेरिकी डलरको कोभिड प्रतिकार्य सहायता घोषणा गरेपछि अमेरिकी राष्ट्रपति जो वाइडनले कोभिड सङ्कटसँग जुझ्न गत फेब्रअरीमा २ विलियन अमेरिकी डलरको सहायता रकम घोषणा गरेका थिए । वाइडनले आगामी जुनको अन्त्यसम्ममा ८० मिलियन डोज भ्याक्सिन निर्यात गर्ने घोषणा गरेका छन् । यता हिजोको बैठकमा राष्ट्रपति सिले चीनले ३०० मिलियन डोज अन्य देशमा पठाइसकिएको र ८० मिलियन डोज विकाससिल देशहरूलाई सहयोग गरेको बताए ।

चिनीयाँ राष्ट्रपति सिले चीन विकाससिल देशहरूलाई भ्याक्सिन प्रविधि हस्तान्तरण गर्न तयार रहेको र अरु शक्ति देशले पनि त्यो गर्नुपर्ने धारणा राखेका थिए । हिजोको सम्मेलनमा उनले महामारीको यो घडीमा आरोप प्रत्यारोपभन्दा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्नु आवश्यक रहेको बताए । राष्ट्रपति सिले ठुला देशहरूले विकासिल देशहरूलाई महामारीमा सहयोग गर्नु उनीहरूको जिम्मेवारी भएको कुरा उल्लेख गरेका छन् । चीनले यस्तो घोषणाले चीन कोभिड महामारीमा अन्तर्राष्ट्रिय सहयोगको हात बढाउन अग्रपङ्तीमा उभिएको छ ।

अमेरिकाले चीनलाई विकाससील देशहरूलाई भ्याक्सिन डिप्लोमेसीमार्फत् प्रभाव पार्न खोजेको आरोप लगाउदै आएको छ भने चीनले अमेरिकालाई भ्याक्सिन राष्ट्रियता विकास गरेको प्रत्यारोप लगाउने गरेको छ । युरोपियन नेताहरू भने कोरोनाको नयाँ भ्यारिएन्टसँग जुझ्न भ्याक्सिन उत्पादनमा छुट भन्दा निर्यातलाई जोड दिनु पर्ने कुरा बताएका छन् ।

कोरोना महामारीको दोस्रो लहरसम्म आइपुग्दा चीनले जादुगरी सफलता हात पारेको छ । कोरोना महामारी उहानमा सुरु हुनासाथ चीनियाँ सरकार र नेतृत्वप्रति विश्वव्यापी आक्रमण भएको थियो । चीन कोल्याप्स हुन्छ भन्ने अनुमान गरिएका थिए । तर महामारीलाई चीनले युद्धका रूपमा लियो र यस विरुद्ध कडा कदम चालेर सफलतापूर्वक रोक्यो । भाइरस विश्वव्यापी बन्दा चीनले ट्रम्प प्रशासन र उनका सहयोगी देशबाट झन् ठूलो आरोपहरू सहनु परेको थियो । तर चीनले कोरोना नियन्त्रण, भ्याक्सिन निर्माण, अर्थतन्त्रलाई निरन्तरता मात्र नभई कोरोना विरुद्ध जुझ्न अन्तर्राष्ट्रिय रूपमा सहयोगका हातहरू अगि बढायो ।

विआरआई र क्वाड जस्ता रणनीतिक तथा मनोबैज्ञानिक युद्ध हुँदै सिमा युद्धको तिक्ततामा फसेका भारत र चीन बीच पनि चिनियाँ कोभिड सहायता प्रदान गर्ने कुटनीतिले सम्बन्धमा सुधार ल्याउन मद्दत गरेको छ । भयङ्कर उतावचढावहरू पार गर्दै चीन अहिले सबैभन्दा सहज अवस्थामा छ ।

हालसम्म १६.५ करोड मानिसहरूलाई कोरोना संक्रमण भइसकेको छ भने ३४ लाख मानिसहरूको यसबाट मृत्यु भइसकेको छ । तर विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस टेडाननका अनुसार विकाससील देशमा केवल ०.३ प्रतिशत भ्याक्सिन मात्र पठाइएको छ । यस्तो अवस्थामा अमेरिका र चीन बीच विकसित व्यापार युद्ध र सामरिक प्रतिष्पर्धाभन्दा उनीहरूबीच महामारीमा कमजोर देशहरूलाई सहयोग गर्ने सफ्ट पावर डिप्लोमेसीको सकारात्मक प्रतिष्पर्धाले विकाससिल देशहरूलाई फाइदा नै पुग्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको