१७ श्रावण २०७८, आईतवार

विद्या–ओलीको कदम राष्ट्रिय स्वाधीनता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्रः झलनाथ खनाल



८ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट दोस्रो पटक गरिएको संसद विघटन राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको टिप्पणी गरेका छन् । उनले यस्तो खाले कदम कदापि क्षम्य नहुने समेत बताएका छन् ।

नेता खनालले यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम भएकाले यसको घोर भर्त्सना गर्दै प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गरेका छन् ।

नेता खनालले सामाजिक सञ्जालमार्फत् भनेका छन्,‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु