२१ जेष्ठ २०८०, आईतवार

संसदीय व्यवस्था असफल, जनमतसंग्रह भए सरकारमा जाने विप्लवको घोषणा



८ जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपाको झण्डै दुईतिहाइ जनमतसहित बनेको केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यसलाई कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्याका रूपमा मात्र नभएर संसदीय व्यवस्थाकै असफलताका रूपमा विप्लव नेकपा लिएको छ ।

महासचिव विप्लवद्वारा जारि गरिएको विज्ञप्तिमा वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरिएको छ। जनमतसंग्रहका लागि राजनीतिक दलहरू तयार भए संयुक्त सरकार बनाएर निकास दिन आफ्नो पार्टी तयार रहेको उनले बताएका छन् । विप्लव नेतृत्वको नेकपाले चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको समेत बताएको छ ।

विप्लवका अनुसार राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ । उनले भनेका छन्, ‘त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहमार्फत् जनतालाई प्रदान गर्नुपर्छ ।’

विज्ञप्तिको पूर्णपाठः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको