१५ मंसिर २०७८, बुधबार

कांग्रेसले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने



८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । त्यस्तै कांग्रेसले संसद विघटनको विरोध गर्न पनि नागरिक समाजलाई आह्वान गरेको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठक पछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानूनी लडाइँ लड्छौं भने । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा प्रक्रिया बमोजिम दाबी गर्दागर्दै दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको