१४ जेष्ठ २०८०, आईतवार

कोरोना महामारीबीच कसरी होला चुनाव?:स्वास्थ्य मन्त्री



८ जेष्ठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको र आगामी दिनमा अर्को लहर पनि आउनसक्ने अनुमानबीच शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले मध्यावधि चुनावको निर्णय गरेपछि स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले यस्तो अवस्थामा चुनाव गर्ने कुरामा शंका व्यक्त गरेका छन् । मन्त्री त्रिपाठीले भने, ‘कोरोना महामारीबीच चुनाव कसरी होला त ?’

उनले कोभिड नियन्त्रण गर्न सरकारले कोशिस गरिरहेको भए तापनि पनि मध्यवाधि चुनावका लागि घोषित मितिसम्म महामारी नियन्त्रणमा आउन गाह्रो भएको र अर्को लहर पनि आउने अनुमान गरिएको बताए। यद्यपी देशलाई राजनीतिक रूपले बन्धक बनाई राख्न नसकिने भएकाले चुनावमा जानुपरेको उनले बताए।

मन्त्री त्रिपाठीले कोरोना महामारी नियन्त्रण कुनैपनि राजनीतिक दलले प्राथमिकतामा नपरेको पनि टिप्पणी गरे। आगामी आर्थिक वर्षको बजेट कोभिड केन्द्रित हुने जानकारी उनले दिए । उनले भने, ‘अब अध्यादेशमार्फत् बजेट ल्याउनुबाहेक अर्को विकल्प छैन।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको