महाब्याधिकै बेला संविधानको सामूहिक बलात्कार भएको छ: कांग्रेस प्रवक्ता शर्मा
९ जेष्ठ, काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार राति अप्रत्यासित रूपमा भएको संसद विघटनको कडा विरोध गर्दै संविधानको सामूहिक बलात्कार भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीमा पलाएको अहंकारले मुलुकलाई विनाशको मार्गमा डोर्याएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई इङ्गित गर्दै प्रवक्ता शर्माले लेखेका छन्, अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ।’ उनले महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्ने बताएका छन् ।
इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री ओली अधिनायकवादको हाइवेको भ्रममा गाँजिएको शर्माले आरोप लगाएका छन् । ट्वीटरमा लेखिएको छ, ‘तर हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ ।’
यो पनि पढ्नुहोस् :