३ आश्विन २०८०, बुधबार

देउवालाई समर्थन गर्ने सांसदलाई कारवाही गर्ने भन्दै राष्ट्रपतिलाई एमालेको पत्र



७ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)ले नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गर्ने पत्र राष्ट्रपति कार्यलय शितल निवास पठाएको छ । सो पत्र अनुसार सांसदहरूलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने भनिएको छ ।

हस्ताक्षरकर्ता सांसदहरूले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतबाट जानकारी प्राप्त भएको छ ।

शुक्रबार संविधानको धारा ७६ को ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा बुझाएका १४९ सांसदको हस्ताक्षरमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर रहेको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको