माधव नेपालको राष्ट्रपतिलाई सोधें– म यहीँ छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?
७ जेष्ठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो हस्ताक्षर कसरी आइपुग्यो भन्दै प्रश्न सोधेका छन् ।
नेपाली कांग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेता नेपालले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आयो भनी प्रश्न गरेका थिए । त्यसमा राष्ट्रपतिले कुनै जवाफ नआएको स्रोतको दाबी छ ।
सोही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए । नेता नेपालले समेत राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले विश्वासको मत लिन नसक्ने भनेर मार्गप्रशस्त गर्ने भनेकाले दाबी नै गर्न मिल्दैन भनेका थिए ।