४ आश्विन २०८०, बिहीबार

योगेश भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेनन् हस्ताक्षर



७ जेष्ठ, काठमाडौंँ । नेकपा (एमाले)का नेता खनाल–नेपाल समुहका सांसद योगेश भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्विकार गरेका छन् ।

खनाल–नेपाल पक्षका २८ सांसदमध्ये २७ जना सांसदले हस्ताक्षर गरेका छन् । आज बिहानदेखि नै निवासमा नै बसेका सांसद भट्टराई नेपाल पक्षका नेताहरूसँग सम्पर्कमा रहे पनि हस्ताक्षर नगरेको स्रोतको भनाइ छ ।

पछिल्ला दिनमा एमालेभित्रको विवाद मिलाउनुपर्ने पक्षमा पनि उभिएका भट्टराई प्रधानमन्त्री केपी ओलीलाई हटाएर कांग्रेसलाई प्रधानमन्त्री बनाउन नहुने पक्षमा उभिएका थिए ।

भट्टराईसहितका दोस्रो पुस्ताका नेताहरूको प्रयासमा एमाले विवाद मिलाउन कार्यदलसमेत बनेका भए तापनि उल्लेख्य प्रगति भने गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको