६ आश्विन २०८०, शनिबार

प्रधानमन्त्रीमा दाबी गर्न ओली पनि शीतलनिवासमा



७ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि बहुमतको आधार पेस गर्दै पदमा दाबी गर्न राष्ट्रपति निवास पुगेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न ओली शितल निवास पुगेका हुन् । उनी विपक्षी गठबन्धनका शिर्ष नेताभन्दा अघि शीतलनिवासमा पुगेका हुन् ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहको समर्थन रहेको आधार ओलीले प्रस्तुत गरेका छन्।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयनका लागि आह्वान गरे पछि ओली महन्थ ठाकुर र राजेन्द्र महतोसहित बिहीबार राति ११ बजे शितलनिवास पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको