१५ आश्विन २०८०, सोमबार

देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनका शीर्ष नेता शीतलनिवासमा



७ जेष्ठ, काठमाडौं । संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति निवास शीतल निवास लागेका छन् ।

विपक्षी गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासहित माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिले गरेको आह्वान बमोजिम सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् ।

सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको जानकारी प्राप्त भएको छ ।

हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको