विपक्षी दललगायत माधव नेपाल समुह सिंहदरबारमा छलफलमा व्यस्त
७ जेठ, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र सत्तारुढ नेकपा (एमाले) खनाल–नेपाल पक्ष पक्षबीच सिंहदरबारमा छलफल चलिरहेको छ।
उक्त छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी भइ छलफल गरिरहेका छन् ।
बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि विपक्षी दलसहित सत्तारुढ एमालेका खनाल–नेपाल समुह छलफलमा जुटेका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरुबीच राष्ट्रपतिले तोकेको समयभित्र वैकल्पिक सरकार गठनका विषयमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।