५ आश्विन २०७८, मंगलवार

विपक्षी गठबन्धनमा माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल



७ जेष्ठ, काठमाडौँ । विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि संविधानको धारा ७६ को ५ अनुसार नेकपा (एमाले) नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु गरिएको छ ।

नेकपा (एमाले)का वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल गरिरहेको छ । सो छलफलमा कांग्रेस, माओवादी, जसपाका उपेन्द्र यादव र एमालेका माधव नेपाल सहभागी रहेका छन् ।

नेकपा (एमाले) खनाल–नेपाल पक्षमा एमालेका २८ जना सांसद छन् । कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादवको पक्षमा १५ जना सांसद छन् । यो सबै संख्या मिलाउँदा १५३ जना सांसद पुग्छन् । त्यस अनुसार सरकार बन्न सहज बहुमत पुग्ने भएकाले माधव नेपाल प्रधानमन्त्री हुने सम्भावना रहेको उनी निकट स्थायी कमिटी सदस्यले दाबी गरे ।

खनाल–नेपाल समुहका ती नेताले भने, ‘यस विकल्पबारे हिजोदेखि हामीले कुरा गरेका छौँ, कांग्रेस र माओवादी केन्द्रको सकारात्मक कुरा आएको छ । अन्तिम निर्णयको प्रतीक्षामा छौँ ।’

अहिले संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप नलाग्ने भएकाले विपक्षी गठबन्धनले उक्त प्रयास गरेको जानकारी प्राप्त भएको छ । संविधानविद् भीमार्जुन आचार्यले ५ अनुसार सरकार बनाउन दलको ह्वीप लाग्दैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको