१९ श्रावण २०७८, मंगलवार

पूर्व सहायक मन्त्री डा. प्रेमबहादुर शाहीको कोरोनाबाट निधन



६ जेठ, काठमाडौं । दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भई सहायक मन्त्री समेत बनेका डा. प्रेम बहादुर शाहीको बिहिबार बेलुका कोठमाडौंको नक्सालबाट शिक्षण अस्पताल लिने क्रममा साढे ६ बजे निधन भएको छ ।

लामो समयदेखि दम रोगबाट पिँडित डा. शाहीलाई बैशाख २९ गते त्रिभुवन शिक्षण अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ समेत देखिएर होम आइशोलेशनमा बसेका थिए । २००१ साल बैशाख ५ गते दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. १० सातखम्बमा जन्मिएका डा. शाहीको ७७ वर्षको उमेरमा निधन भएको हो ।

डा. शाही त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधी प्राप्त गरेर सांसदमा निर्वाचित पहिलो नेपाली र दैलेख जिल्लाबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति समेत हुन् । उनले राजनीतिशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गर्नुका साथै वि.सं. २०३८ सालमा अर्थशास्त्रमा विद्यावारिधी उपाधी हाँसिल गरेका थिए ।

डा. शाहीले राजपरिषद्, राष्ट्रिय विकास परिषद्, त्रि.वि. सभा, आर्थिक तथा पर्यटन समिति, अन्तर्राष्ट्रिय युवा वर्ष राष्ट्रिय समिति नेपालको सदस्य लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संगठनहरूमा रहेर काम गरेका थिए । नेपाल विद्याभूषण र भूकम्प उद्धार पदकबाट समेत विभूषित उनका थुप्रै एकल तथा संयुक्त पुस्तकहरू, प्राज्ञिक लेख रचनाहरू प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु