१५ मंसिर २०७८, बुधबार

राष्ट्रपतिको आह्वानमा सरकारले संसद विघटन गर्न सकोस् भन्ने उद्देश्यः माओवादी केन्द्र



६ जेष्ठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभएरै राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को सरकार गठनका लागि आह्वान गर्ने कुरा असंवैधानिक भएको जनाएको छ । माओवादी केन्द्रले संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको बताएको छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने, ‘संवैधानिक रुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भएपनि उक्त उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने संविधानले परिकल्पना गरेको छैन । तर मन्त्रिपरिषदले सिफारिस गर्यो भनेर राष्ट«पतिले त्यसैलाई स्वीकार गरियो।’

गुरुङका अनुसार संविधानको धारा ७६ को उपधारा ४ प्रयोग भयो कि भएन भनेर हेर्ने सदनले हो । सदन र सभामुखको पत्र हेर्नुपर्छ । सदनमा प्रयास नै नगरी एकैचोटी जुन ढंगले ७६ को ५ अनुसार सरकार बनाउन आव्हान भयो त्यो संविधानसम्मत छैन ।

गुरुङले राष्ट्रपतिले एक दिनको समय दिएर सरकार बनाउन दिएको आदेश औपचारिकता पुरा गर्ने र सरकार गठन हुन नसकोस् भन्ने आशय लुकेको बताए । उनले भने, ‘घटनाक्रमले छिटोभन्दा छिटो यहि सरकारले संसद विघटन गर्न सकोस् भन्ने उद्देश्यले यो कदम चालेको देखिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको