२० जेष्ठ २०८०, शनिबार

राष्ट्रपतिद्वारा वैकल्पिक सरकार गठनका लागि दलहरुलाई २१ घण्टा



६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरी पत्राचार गरेपछि राष्ट्रपतिले बैकल्पिक सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी हुन् ।

बैकल्पिक सरकार गठन गर्नका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा मात्र समय दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको