६ आश्विन २०८०, शनिबार

प्रधानमन्त्रीले दिए धारा ७६ (५) को सरकार गठन प्रक्रिया अगि बढाउन राष्ट्रपतिलाई पत्र



६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरी राष्ट्रपति पत्राचार गरेका छन् ।

बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले धारा ७६ (५) बमाजिम नयाँ सरकार गठनको प्रक्रिया अगि बढाउन अनुरोध गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको छ र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया अगि बढाउँदैछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको