१२ जेष्ठ २०८०, शुक्रबार

बादललाई एकैदिन दोहोरो झड्का



६ जेठ, काठमाडौं । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि नेकपा (एमाले) प्रवेश गरेका निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई एकैदिन दोहोरो झड्का लागेको छ ।

आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सांसद नरहेका बादलसहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्यका लागि आजै भएको निर्वाचनमा उनी हराउँदै राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका छन् ।

डा. देवकोटालाई नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूह, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी समर्थन रहेको थियो ।

जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री बादल लगायत ७ जना मन्त्रीहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको