२२ जेष्ठ २०८०, सोमबार

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा निर्वाचित



६ जेठ, काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’लाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

मतभार अनुसार बादलले ४०१४ ल्याएका छन् भने विजयी देवकोटाले ५०८८ मतभार प्राप्त गरेका छन् ।

डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको समर्थन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको