२३ जेष्ठ २०८०, मंगलवार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले दिए राजीनामा



२६ बैशाख, काठमाडौं । अविश्वास प्रस्तावको सामना गर्नुअगाबै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्री आइतबार मुख्यमन्त्री गुरूङले पदबाट राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव राख्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो । विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव ल्याएका थिए ।

प्रदेश सभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । गुरूङ राजीनामासँगै गण्डकी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ ।

विज्ञप्ति हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको