२० जेष्ठ २०८०, शनिबार

एमाले एकता असम्भव : माधव नेपाल पक्षका सांसदले आइतबार सामुहिक राजिनामा दिँदै



२६ बैशाख, काठमाडौं । पार्टी एकिकरणको प्रयास असफल भएपछि नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरूले आइतबार राजीनामा दिने भएका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षका २० जना सांसदले राजिनामा पत्रमा हस्ताक्षर गरी शनिबार साँझ माधव नेपाललाई बुझाएका हुन् ।

ओलीले पार्टी एकलौटी ढङ्गले सञ्चालन गर्न खोजेको र जति प्रयास गर्दा पनि सच्चिन तयार नभएको भन्दै राजीनामा दिने निर्णय गरिएको माधव नेपाल पक्षले जनाएको छ ।

प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन् । कांग्रेस र माओवादीले यसअघि नै ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।

माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ ।

एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजीनामा गर्ने कुरा भए पनि आइतबार समानुपातिक तर्फका सांसदले पनि राजीनामा गर्ने सम्भावना रहेको नेपाल पक्षका एक नेताले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको