११ मंसिर २०७८, शनिबार

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन



२३ वैशाख, काठमाडौं । वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा बिहीबार करिब १ बजेर ४५ गायक प्रधानको निधन भएको हो ।

स्वाप्रस्वासमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषका अनुसार ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको हो ।

को हुन् प्रेमध्वज प्रधान ?

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा उनलाई ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

पहिलो नेपाली पाश्र्वगायकको छवि बनाएका प्रेमध्वजले सन् १९६५ मा उषा मंगेश्करसँग नेपाली कथानक चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।

सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।

आफ्नो पुस्ताका निक्कै चर्चित र स्टाइलिस गाएक प्रधानले नेपालमै पहिलो पटक गीतारमा गीत गाउन सुरू गरेका थिए । उनका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, नमान लाज यस्तरी, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको