४ आश्विन २०८०, बिहीबार

कोरोना संक्रमित बेहुलाले पीपीई लगाएर बिहे गरे (भिडियो)



एजेन्सी । भारतको मध्य प्रदेशमा कोरोनाकालको अनौठो बिहेको भिडियो सार्वजनिक भएको छ ।

बिहेमा बेहुला, बेहुली, पण्डित तथा अन्यले पीपीई किट लगाएका थिए । सरकारी अधिकारीहरूको उपस्थितिमा पीपीई किट लगाएर बेहुला बेहुलीले अग्नि परिक्रमा गरेका थिए ।

प्रशासनले शहरको एक मांगलिक भवनमा बिहे भइरहेको र दुलाहा कोरोना पोजिटिभ भएको खबर पाएको थियो । खबर पाएपछि तहसीलदार नवीन गर्ग बिहे रोक्न गएका थिए ।

तर घरपरिवारका मानिसले बिन्तीभाउ गरेपछि उनको मन पग्लियो । उनले आफूभन्दा माथिका अधिकारीलाई सोध्दा बिहे गर्न दिए हुन्छ भन्ने अनुमति पाए ।

तर पीपीई किट लगाएर बिहे गर्नुपर्ने शर्त उनले राखे । बेहुला बेहुली दुवै परिवारले यसमा सहमति जनायो र विवाह सम्पन्न भयो ।

पहिला प्रशासनले अनुमति दिइहाल्यो तर अहिले आएर प्रोटोकल उल्लंघन भएको भन्दै कारवाही गर्ने बताइरहेको छ ।

बिहेमा दुलाहाका तर्फबाट चार र दुलहीको तर्फबाट पण्डित समेत चारजना सहभागी थिए । दुलाहा दुलहीले बिहे गर्न नपाइएला भनी पीर लागेको तर प्रशासनको अनुमतिमा बिहे सम्पन्न गर्न पाउँदा खुशी भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको