३१ जेष्ठ २०७८, सोमबार

लुम्बिनीमा प्रहरी र सांसदबीच झडप, सांसद निर्मला क्षेत्री भन्छिन् – ‘प्रहरीले मलाई टिपेर फाले’



२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा प्रहरी र सांसहरूबीच झडप भएको छ । आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय परिसरमा सांसद र प्रहरीबीच झडप भएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादव शंकर पोखरेलाई शपथ खुवाउन मुख्यमन्त्रीको कार्यालयमा जाने तयारी गरेपछि विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका थिए । त्यसपछि प्रहरीले सांसदहरूमाथि धरपकड गरेपछि केहीबेर झडप भएको थियो ।

नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले आफूहरूमाथि धरपकड गरेर प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले अनैतिक काम गरेको बताइन् । उनले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको समेत आरोप लगाइन् ।

‘प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस् भन्दाभन्दै पहिले डीआईजी आएर ममाथि आक्रमण गर्नुभयो । त्यसपछि सबै प्रहरी आएर टिपेर फालियो । न्यायका लागि कहाँ जानुपर्छ हामी मानीयहरू एक ठाउँमा छौँ । हामीमाथि अमर्यादित क्रियाकलाप भएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले अनैतिक काम गरेका छन् । आज ममाथि पनि ठूलो प्रहार भएको छ,’उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु