आजदेखि बेलुकीमा पसल खोल्न नपाइने !
२० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बेलुकाको समयमा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरु खोल्न नदिने भएको छ ।
हाल बिहान र बेलुका पसल खोल्न दिइँदै आएकोमा आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बढी भिडभाड भएको र कोरोनाभाइरस संक्रमण थप फैलिनसक्ने भएकाले बिहानको समयमात्रै खोल्न दिनेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जानकारी दिए ।
उनले सोमबार पुनः बैठक बसेर यसबारे निर्णय लिइने बताए । काठमाडौंमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि निषेधाज्ञा जारी छ ।