२८ बैशाख २०७८, मंगलवार

मुख्यमन्त्री पोखरेलले नियुक्त गरे चार मन्त्री



२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन् ।

चौधरी र रिजाल एमाले सांसद हुन् । पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ । भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन् । रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ ।

नवनियुक्त नवनियुक्त मन्त्रीले आइतबार राति नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । 

पाण्डे र यादव यसअघि जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री भएका थिए । तर, उनीहरूलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु