१७ आश्विन २०८०, बुधबार

मौसम पूर्वानुमानले दियो यस्तो चेतावनी



१९ वैशाख, काठमाडौं । आइतबार रातिदेखि काठमाडौं उपत्यकासहित अन्य पहाडी जिल्लामा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहितको वर्षाको हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आइतवार बिहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले ३ दिनको पूर्वानुमान सार्वजनिक गरेको छ ।

‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘देशभर पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भएको जनाइएको छ ।

आइतवार दिउँसो देशभर पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आइतवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने र १ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको