४ आश्विन २०८०, बिहीबार

बहुप्रतिभाशाली सर्जक कोशिशको ‘चन्द्र मुहार’ सार्वजनिक (भिडियोसहित)



१८ बैशाख, काठमाडौं । बहुप्रतिभाशाली सर्जक कोशिश क्षेत्रिको नयाँ गीत ‘चन्द्र मुहार’ सार्वजनिक भएको छ । थोत्रो प्रोडक्शन युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

आफैले लेखेका शब्दमा कोशिशले संगीत र स्वरमात्रै भरेका छैनन् अभिनय समेत गरेका छन् । उदयराज पौडेलको उत्कृष्ट संगीत संयोजन र कोशिशको मनछुने गायकीले गीत वास्तवमै कालजयी बनेको छ ।

गीतको भिडियोमा कोशिशसँगै पुनम भण्डारीको अभिनय हेर्न सकिन्छ । सुमन तामाङको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको ‘चन्द्र मुहार’को भिडियो निर्देशन समेत गायक कोशिश क्षेत्रीले नै गरेका हुन् ।

सिर्जनशिल यात्राको शुरुवात गायनबाट गरेका क्षेत्रिले मोक्ष, पर्व, गलबन्दीसहित करिब आधा दर्जन नेपाली कथानक चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका छन् । आफैले अभिनय गरेको चलचित्र पर्वमा रहेको ‘कालेदाई’ गीतमा संगीत भरेपछि उनि संगीतकारको रूपमा पनि स्थापित भए । त्यसयता उनले दर्जन बढि हिट गीतहरू नेपाली संगीतलाई दिइसकेका छन् ।

यतिमात्र होइन पछिल्लो समय सामाजिक सञ्जालदेखि देश–विदेशमा सर्वत्र रूचाइएको गीत ‘पियारी’का संगीतकार पनि कोशिश क्षत्रि नै हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको