२० जेष्ठ २०८०, शनिबार

गाउँपालिका अध्यक्ष कुशवाहाको निधन



१७ वैशाख, पर्सा । कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । पछिल्लो केही दिनयता वीरगञ्जस्थित डेरामा राखेर उपचार भइरहेको थियो । उनको छोरा नै डाक्टर हुन् । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको परिवारका सदस्यले बताएका छन् ।

कालिकामाई गाउँपालिका –५ का अध्यक्ष पवन तिवारीका अनुसार राति २ बजेतिर अध्यक्ष कुशवाहाको अवस्था बिग्रिएको थियो । ‘बेलुकासम्म ठिकै हुनुुुहुन्थ्यो, भेटेरै आएका थियौं, कुराकानी गरिरहनुभएको थियो,’ उनले भने, ‘राति २ बजेतिर स्थिति अलि बिग्रिएको जानकारी आयो, काठमाडौं लैजाऔं न त भन्दा सुधारोन्मुख नै छ भन्ने कुरा आएको थियो । तर पछि निधन भयो ।’ दाहसंस्कारका लागि उनलाई गाउँतर्फ लगिएको प्रहरीले जनाएको छ ।

उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको