१ आश्विन २०७८, शुक्रबार

रुपन्देहीमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु



१६ वैेशाख, रुपन्देही । रुपन्देहीमा थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि र सोही दिन अस्पताल भर्ना गरिएको थियो । बुटवल–१४ का पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि सोही दिन अस्पताल भर्ना भएका थिए । यसैगरी मायादेवीकी महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकामा ११ गते अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ ।

जिल्लामा २२ सय १२ जना सक्रिय संक्रमित छन् । बुधबार मात्रै रुपन्देहीमा ३ सय ८० जना नयाँ संक्रमित थपिएका थिए । ५५६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको