गण्डकी : सांसद शाहीको तेस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट आयो
१६ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको तेस्रोपटक गरिएको कोरोना परीक्षणमा संक्रमण देखिएको छ ।
पहिलेका दुई रिपोर्टमा फरक–फरक नतिजा देखिएपछि तेस्रोपटक उनको स्वाब परीक्षण गरिएको थियो ।
तेस्रोपटक प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएमो परीक्षमा कोरोना पुष्टि भएको हो । यसअघि सोही प्रयोगशामा गरिएको परीक्षणमा भने संक्रमण नरहेको देखिएको थियो ।
तर, लाइफ केयर डाइगोनस्टिक प्रयोगशामा गरिएको परीक्षणमा संक्रमण रहेको देखिएको थियो ।
फरक–फरक रिपोर्ट आएपछि चरक मेमोरियल हस्पिटलका चिकित्सकले पुनः कोरोना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब पठाएका थिए । सोही प्रयोगशालले गरेको दोस्रो परीक्षणमा भने कोरोना देखिएको हो ।
