काठमाडौं उपत्यकामा शुरु भयो निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो ।
निर्णयअनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई सञ्चालन गर्न रोक लगाएको छ ।
यस्तै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म रोक लगाएको छ । तर मन्त्रिपरिषद्को बैठकले निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्बाएको छ ।
गत सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको बैठकपछि निषेधाज्ञासम्बन्धी आदेश जारी गरिएको थियो भने आजदेखि कार्यान्वयनमा आएको हो।
काठमाडौ, ललितपुर र भक्तपुरका सीडीओहरुले छुट्टाछुट्टै सूचना निकालेर निषेधाज्ञासम्बनधी आदेश जारी गरी गरेका हुन् ।

