१४ फाल्गुन २०७७, शुक्रबार

पानीबाट जोगीए पनि पहिरोबाट जोगीन सकिनन् बेलपुरा



१८ साउन्, काठमाडौं । मुसलधारे वर्षाबाट जोेगिन कालीकोटकी १४ वर्षीया बेलपुरा शाही सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर नं. ७ का टेकबहादुर टमटाको घरमा ओत लागेर बसिन् । जुन घरमा उनी ओत लागीरहेकी थिइन त्यही घर एकछिनमा पहिरोले बगाउदैछ भन्ने उनलाई के थाहा ? एकाएक आएको पहिरोले टेकबहादुरको घर र बेलपुरालाई सँगै पुरिदियो । पानीबाट जोगीएपनि पानीले निम्त्याएको पहिरोबाट भने जोगीन सकिनन् बेलपुरा ।

केहि दिनदेखी पश्चिम नेपालमा सक्रिय मनसूनका कारण भएको लगातारको वर्षाले कालिकोटको रास्कोट नगरपालिका वडा नं. १ मा गएको पहिरोमा परी जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् । बेपत्ता व्यक्तिहरुको खोजी कार्य भइरहे पनि पानी पर्न नरोकिएकाले उद्दारमा कठिनाई सिर्जना भएको डिएसपी श्यामाबाबु आलियाले बताए ।

त्यस्तै पहिरोमै परि रास्कोट नगरपालिका वडा नम्बर १ की १८ वर्षीया यशोधा टमटा र ८० वर्षीया मयसरा टमटा घाइते भएका छन् । पहिरोले कर्णाली करिडोरमा पर्ने बेलीब्रिज पुल समेत बगाइदिए पछि स्थानीय जनजिवन थप कष्टकर बनेको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार पछिल्लो एक सातामा जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परि १९ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परि नरहरीनाथ गाउँपालिकामा ९ जनाको मृत्यु, १ बेपत्ता, रास्कोट गाउँपालिकामा ३ को मृत्यु, ५ बेपत्ता, खाँडाचक्र गाउँपालिकामा १ जनाको मृत्यु, महावै गाउँपालिकामा २ जना, पलाँता गाउँपालिकामा १ जना, सान्नी त्रिवेणी गाउँपालिकामा २ जना, पचाल झरना गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

बाढि पहिरो पिडितलाई मुख्यमन्त्रीको सान्तवना

बाढि पहिरोको क्षति अवलोकन गर्न गृह जिल्ला कालिकोट पुगेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घर गुमाएका परिवारलाई प्रदेश सरकारले घर बनाइदिने बताए । मुख्यमन्त्री शाहीले भने, ‘पहिरोमा परेर अन्य क्षति भएकालाई राहत र मृतकका परिवारलाई संघीय सरकारबाट दुई लाख र प्रदेश सरकारबाट विपद बिमास्वरुप २ लाख गरी चार लाख राहत उपलब्ध गराइने छ ।’

२०७२ वैशाखको महाभुकम्पले जमिनको भित्री भाग चिरीएर सतह कमजोर भएका कारण पहिरो बढि जान थालेको अध्ययनहरुले देखाएका छन् । भुगर्वविदहरुसँग परामर्श गरी जोखीमपूर्ण अवस्थामा रहेका वस्तीहरुलाई सरक्षित भूगोलमा स्थान्तरण गर्ने कार्ययोजना नेपाल सरकारले अगाडी सार्नु जरुरी देखिएको छ ।

प्राकृतिक विपत्तीलाई रोक्न त सकिन्न । तर वर्षायामको शुरुवातसँगै यसरी प्रत्येक वर्ष हुने जनधनको क्षति न्यनिकरण गर्न राज्यले दिर्घकालिन रणनिती बनाई कार्यन्वयन गर्न सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु