२१ जेष्ठ २०८०, आईतवार

पूर्वी नेपालमा भूकम्पको धक्का



एजेन्सी । भुटानसँगको सीमा क्षेत्र भारतको असाममा भूकम्प जाँदा त्यसको धक्का नेपालको पूर्वी क्षेत्रमा पनि महसुस भएको छ।

बुधबार बिहान नेपाल भन्दा पर केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले भने, ‘भारतको असाम क्षेत्रमा ६ म्याग्निच्युड भन्दा माथिको भूकम्प गएको हो । त्यसको धक्का पूर्वी नेपालमा पनि महसुस भएको हो। यसबाट नेपाल तर्फ खासै प्रभाव परेको छैन।’

भूकम्प मापन गर्ने अमेरिकी संस्था युएसजिएसका अनुसार असामको धेकियाजुली केन्द्र भएर ६ म्याग्निच्युडको भूकम्प गएको हो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको