१३ आश्विन २०८०, शनिबार

कुखुराको मासुको मूल्य घट्यो



१५ वैशाख, काठमाडौं । कुखुराको मासुको मूल्य आजदेखि सामान्य घट्ने भएको छ। आजदेखि लागू हुने गरी किलोमा १० रुपैयाँले घटेर जिउँदो कुखुरा प्रतिकिलो २९० रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार हिजोसम्म जिउँदो कुखुराको मूल्य प्रतिकिलो ३०० रुपैयाँ थियो। यसअघि कुखुराको तयारी मासुको मूल्य निरन्तरवृद्धि हुँदै प्रतिकिलो ४५० रुपैयाँसम्म पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको