बाँकेमा कोरोनाबाट एकै दिन ८ जनाको मृत्यु
१५ वैशाख, बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एकै दिन आज आठ जनाको मृत्यु भएको छ। सामेबारमात्र बाँकेका विभिन्न अस्पतालमा उपचाररत आठ संक्रमितको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
मृत्यु हुनेमा बाँकेका सात र बाहिरी जिल्लाबाट उपचार गर्न आएका एक जना रहेको स्रोत व्यक्ति वलीले बताए ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेको उनले सुनाए ।
त्यस्तै बाँकेकै खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक÷एक जनाको मृत्यु भएको उनले जानकारी दिए। योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेको उनको भनाइ छ ।