१८ मंसिर २०७८, शनिबार

गर्मी बढेपछि मौसम पूर्वानुमान महाशाखाले दियो चेतावनी



१५ वैशाख, काठमाडौं । पछिल्लो समय देशभर गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकतम र न्यूनतम तापक्रममा बढ्दा गर्मी बढेको हो । गर्मी अझै बढ्न सक्ने आँकलन गरिएको छ।

‘गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने सम्भाभावित असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

पछिल्लो २४ घन्टामा भैरहव, नेपालगन्ज र धनगढीको अधिकतम तापक्रम ४०डिग्रीसेल्सियस नाघेको छ। यसैगरी काठमाडौंमा अधिकतम तापक्रम ३२ पुगेको छ।

महाशाखाका अनुसार बुधबार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यसले बुधबार दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षा हुनसक्ने छ।

बुधबार राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा क्षणिक बर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको