१७ आश्विन २०८०, बुधबार

कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स चाहियो ? ११८० मा फोन गर्नुहोस्



१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमित र अन्य बिरामीलाई अस्पताल पु–याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।

महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु(याउने छन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने छौँ ।’

एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सीधै‌ चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । महानगरपालिकाका अनुसार डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिले अस्पताल पुग्न र आउन सवारीको समस्या भोग्नु पर्दैन।

आपतकालीन अवस्थाका लागि महानगरपालिकाले टोल फ्री नम्बर ११८० लाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदाय स्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको