२० जेष्ठ २०८०, शनिबार

अन्य देशबाट नेपाल आएर विदेश जान नपाइने



१४ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन नदिने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार अब भारतलगायत अन्य देशबाट नेपाल आएर विदेश जान पाइने छैन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले केही समययता नेपाल विदेश जाने ट्रान्जिट पोइन्टको रुपमा विकास भइरहेको भन्दै अब यसमा रोक लगाइने निर्णय गरेको हो ।

‘अब अरु देश जान नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन पाइने छैन । नेपाल आइसकेकालाई केहीदिन अरु देश जान दिने तर अब नेपाल आएर विदेश जान नदिने बैठकले निर्णय गरेको छ,’ एक मन्त्रीले भने ।

केही समययता नेपाल आएर विदेशमा काम गर्न जाने भारतीयहरुको संख्या उच्च रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको