२० जेष्ठ २०८०, शनिबार

कोरोनाको बेवास्ता गर्दै नेपालगञ्जमा मोहर्रमको रौनक



रारापाटी सम्वाददाता
१४ भाद्र, बाँके । विश्वभर कोभिड–१९ को महामारी फैलिएको अवस्थामा समेत मोहर्रम पर्वलाई बाँकेका मुस्लिम समुदायले धुमधामका साथ मनाएका छन् । कोरोनाको जोखिम मोलेरै भएपनि यहाँका स्थानीय मुस्लिम समुदायले ताजिया, ढोल र नगडा बजाएर विभिन्न कला प्रदर्शनीसहित मोहर्रम मनाएका हुन् ।

मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन आज बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । स्वास्थ्यसम्बन्धी मापदण्ड नअपनाई मनाइएका मोर्हरममा विश्वव्यापी महामारी बनेको कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको कुरा भिडलाई देख्ने वित्तिकै जो कोहिले सहजै अनुमान लाउन सक्थे । कोरोनाका कारण प्रभावित बनेको यस बर्षको मोर्हरममा मुस्लिम समुदायको उत्साहमा ह्रास आएको यहाँका स्थानीय युवाहरूको भनाई छ । यस बर्ष घरघरबाट निस्कने ताजिया पनि कम देखिएका छन् । सिमित मुस्लिमहरूका घरबाट ताजिया तथा मुस्लिम समुदायका युवाहरूले प्रदर्शन गरेका विभिन्न कला प्रदर्शन हेर्नका लागि सर्वसाधारणको उलेख्य सहभागिता रहेको थियो । नेपालगञ्ज उप–महानगरपालिका भित्र मात्रै नभई जिल्लाका विभिन्न पालिकामा समेत मोर्हरम पर्व मनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सभा, समारोह, उत्सव तथा भेला नगर्न निर्देशन जारी गर्दै २५ जना भन्दा बढि भेला भएको पाइएमा कारवाही गर्ने बताएको थियो । तर कोरोना महामारीका बीच चाडपर्व मनाउदै गर्दा स्वास्थ्य सम्बन्धीको सजगता र सुरक्षालाई मध्यनजर नगरिँदा यसले थप जोखिम निम्तिन सक्ने सम्भावना बढाएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले कुनैपनि धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न गराउन रोक लगाएको थियो । केही दिन अघिमात्र सम्पन्न भएको हरितालिका तिज पनि कोेभिडका कारण प्रभावित भएको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सभा, समारोह, उत्सव तथा भेला नगर्न निर्देशन जारी गर्दै २५ जना भन्दा बढि भेला भएको पाइएमा कारवाही गर्ने बताएको थियो । तर कोरोना महामारीका बीच चाडपर्व मनाउदै गर्दा स्वास्थ्य सम्बन्धीको सजगता र सुरक्षालाई मध्यनजर नगरिँदा यसले थप जोखिम निम्तिन सक्ने सम्भावना बढाएको छ । पछिल्लो पटक दिनहुँ बाँकेमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । बाँके जिल्लामै सबैभन्दा बढि कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नेपालगञ्जमा रहेको छ । यहाँका तीन जनासहित बाँकेमा ६ जनाको ज्यान गइसकेको छ ।

इराकको करबलाको धार्मिक युद्धमा विभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेनलगायतको सम्झनामा मुस्लिम समुदायले मोहर्रम पर्व मनाउदै आएका छन् । यो दश दिनसम्म मनाउने गरिन्छ । हत्या गरिएका तिनै शहिदहरूको सम्झनामा तयार गरिएका विभिन्न प्रकारका ताजिया नजिकको कर्वलामा लगेर सेलाएपछि मोहर्रमको समापन गरिएको छ ।

इराकको करबलाको धार्मिक युद्धमा विभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेनलगायतको सम्झनामा मुस्लिम समुदायले मोहर्रम पर्व मनाउदै आएका छन् । यो दश दिनसम्म मनाउने गरिन्छ । हत्या गरिएका तिनै शहिदहरूको सम्झनामा तयार गरिएका विभिन्न प्रकारका ताजिया नजिकको कर्वलामा लगेर सेलाएपछि मोहर्रमको समापन गरिएको छ ।

नेपालगञ्ज सहित जिल्लाको विभिन्न स्थानमा कोरोना भाइरसको जोखिम उच्च देखेपछि मोहरर्म पर्वलाई घर मै मनाउन संयुक्त मोहरर्म समितिले पर्व अगावै पत्रकार भेटघाटमा जानकारी गराइसकेको थियो । तर समितिको आग्रहलाई वेवास्ता गरी ठूलो तामझामका बीच मोहर्रम मनाइएको छ । अरबी पात्रो अनुसार १४४२ हिजरी अर्थात् इस्लाम धर्मावलम्वीहरूको नयाँ वर्ष एवम् मोहरर्मको ९ तारिख अर्थात् भाद्र १३ गते विभिन्न स्थान र घरघरमा मुस्लिम परम्परा अनुसार ताजिया राखी तथा भाद्र १४ गते स्थानीय कर्वलामा विसर्जन गर्ने मिति तय भएको थियो ।

मोहर्रमका अवसरमा नगरका विभिन्न स्थानमा ताजिया झकिझकाऊका साथ सजाइएको थियो । सजाइएका ताजियाहरूलाई बाजागाजाका साथ ढोल र नगडाका तालमा नगरको परिक्रमा गराइएको छ । ताजिया विर्सजनका क्रममा इस्लाम धर्मावलम्वीहरूले दुःख प्रकट गर्दै विभिन्न झाँक्री तथा गतिविधि समेत गरेका थिए । नगरका विभिन्न भागको परिक्रमा गरेर भृकुटिनगर, फूलटेक्रा लगायतका कर्वलामा ताजिया विर्सजन गरिएको कर्वला संरक्षण समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको