२२ जेष्ठ २०८०, सोमबार

मन्त्रिपरिषद्को बैठक डाकियो, कोरोनाबारे निर्णय हुने



१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सोमबार साँझका लागि प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकेका हुन् ।

बैठकमा कोरोनाभाइरसको नियन्त्रणका विषयमा छलफल केन्द्रीत हुने एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार लकडाउन, निषेधाज्ञाका साथै सीमानाकामा आवतजावत कडाइका सन्दर्भका विषयमा छलफल र आवश्यक निर्णय हुनेछ ।

देशभर कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि अवस्था भयावह बन्ने अवस्था देखिएको छ भने अस्पतालहरुमा बिरामीको व्यवस्थापन गर्न असहज अवस्था सिर्जना हुन थालेको चिकित्सकहरुले बताएका छन् ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले देशभर कम्तीमा ३ साता लकडाउनको सिफारिस समेत गरेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख नाघिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको