२० श्रावण २०७८, बुधबार

उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक आज, निषेधाज्ञा लगाउने तयारी



१३ वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बैठक बस्दै छ । बैठकमा उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लगाउनेबारे छलफल गर्ने गरिने भएको छ ।

सीसीएमसीको आइतबारको बैठकले सहरी क्षेत्रमा ५०० भन्दा सक्रिय संक्रमितको संख्या नाघे स्थानीय प्रशासनले निषेधाज्ञालगायतका निर्णय गर्नसक्ने भनी मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले कडाइको विकल्प नभएकाले के गर्ने भन्नेबारे सोमबारको बैठकले निर्णय गर्ने बताएका छन्।

उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु