कोरोना संक्रमितले गरे आत्महत्या
१२ वैशाख, नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमितले आत्महत्या गरेका छन् । कोहलपुर नगरपालिका – ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
खत्रीलाई वैशाख ३ गते कोरोना पोजिटिभ भएको थियो । खत्रीको अवस्था सामान्य थियो । अवस्था सामान्य भएकाले उनी होम आइसोलेसनमा बसेका थिए ।
कोरोना संक्रमित भएकाले घरकै एउटा कोठामा बसेका खत्रीले शनिबार राति पौने ७ बजे झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
घरका मान्छेले झुण्डिएको देख्ने बित्तिकै डोरी काटेका थिए । त्यतिबेलासम्ममा खत्रीको मृत्यु भइसकेको थियो ।