२० जेष्ठ २०८०, शनिबार

कोरोनाबाट संविधानसभाका दुई पूर्वसभासद्को मृत्यु



१२ वैशाख, काठमाडौं । कोरोनाबाट संविधानसभाका दुई पूर्वसभासद्को मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचाररत बाँकेकी कांग्रेस नेतृ मोहम्मदी सिद्धिकीको शनिवार साझ उपचारका क्रममा निधन भएको हो ।

फातिमा फाउण्डेसनकी संस्थापक अध्यक्ष समेत रहेकी सिद्धिकीको शनिवार उपचारका क्रममा निधन भएको हो । भेरी अञ्चल अस्पतालका प्रमुख प्रकाश थापाले सिद्धिकीको निधनको पुष्टि गरेका छन् ।

सिद्धिकी २०६४ सालको संविधानसभामा कांग्रेसको तर्फबाट समानुपातिक सभासद थिइन् ।
शनिवार नै पूर्व सांसद लक्ष्मण राजवंशीको निधन भयो ।

काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलका संस्थापक समेत रहेका राजवंशीको शनिवार निधन भएको हो । उनी २०७० सालको संविधानसभामा नेपाः राष्ट्रिय पार्टीको तर्फबाट सांसद थिए । राजवंशीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्ति गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको