५ आश्विन २०७८, मंगलवार

६ वर्षपछि ठडिएको आधुनिक धरहराको उद्घाटन आज, यस्ता छन् विशेषता



११ वैशाख, काठमाडौं । धरहराको आधुनिक प्रविधिमार्फत नवनिर्माण सम्पन्न भएसँगै आज औपचारिक उद्घाटन गरिँदै छ । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहराको आधुनिक शैली पुनर्निर्माणः नवनिर्माण गरिएको हो ।

शनिबार लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे धरहरा उदघाटन गर्न लाग्नुभएको हो । यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतारहतार बाहिरबाट देखिनेगरी धरहरा ठड्याइएको भए पनि भित्री कामहरु, बेसमेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण्, सजावट, भूकम्प सङ्ग्रहालय निर्माण लगायत काम बाँकी नै छन् ।

साथै लिफ्ट प्रविधि समेत राखिएकोले यसको काम पनि सम्पन्न बाँकी छ, धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको र अर्को जडानको क्रममा रहेको जनाइएको छ ।

कोरोनाको जोखिमका कारण र निर्माण पूरै नसकिएका कारण सीमित व्यक्तिमाझ उद्घाटन गरिन लागेको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार उदघाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा सबैको अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी गरिएको बताउनुभयो । भोलि वैशाख १२ गते गोरखा भूकम्पको स्मृति दिवस पनि हो । त्यसको अघिल्लो दिन धरहराको उद्घाटन हुँदै छ ।

यो धरहरा पुरानो भन्दा फरक किसिमले बनाइएको भए पनि बाहिरबाट हेर्दा पुरानैजस्तो देखिन्छ । पहिलाको धरहराभित्र खालि सिँढी मात्र थिए भने अहिले भित्र संग्रहालय लगायत संरचना रहने बताइएको छ । यसमा माथि चढ्नका लागि सिँढीका साथै लिफ्ट प्रविधि छ, भित्र पुस्तकालय समेत रहनेछ । बाहिरबाट हेर्दा ११ तला देखिए पनि भित्र २२ तला र अन्डरग्राउन्ड समेत गरी कुल २५ तल्लाको धरहरा निर्माण भएको हो ।

शनिबार उद्घाटन गरिए पनि धरहरा सर्वसाधारणका लागि भने तत्काल खुल्ने छैन । सबै निर्माण कार्य सम्पन्न भएपछि मात्र खुला गरिनेछ ।

प्रधानमन्त्री ओलीले गत वर्ष २०७६ पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो । करिब ३ अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न भएको हो । यसमा अधिकांश चन्दा र सहयोग रकमबाटै निर्माण गरिएको हो । नेपाल टेलिकमको १ अर्ब सहयोग र अन्य नागरिक, कर्मचारी, प्रधामन्त्री, मन्त्री लगायतको चन्दाबापतको सहयोगबाट नेपाल सरकारले स्ववदेशी लगानीमै धरहरा निर्माण सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको